×

चितवन । नेपाली काग्रेस बागमती प्रदेश संसदिय दलका नेता ईन्द्र बाँनियाले देश निमार्णमा सञ्चार क्षेत्रको भुमिका अहम हुने बताउदै भ्रमको खेती नगर्न आग्रह गर्नुभएको छ । प्रोफेसनल मिडिया ग्रुपले आयोजना शनिबार सिजी ल्याण्डमार्कमा गरेको पुरस्कार बितरण तथा डिजिटल डिस्प्ले बोर्ड उद्घाटन समारोहमा बोल्दै उँहाले यस्तो धारणा ब्यक्त गर्नुभयो ।

उहाँले फरक प्रसंगमा बोल्दै देशमा राजनितिक अबस्था नाजुक हुदै गएको समयमा सरकार सञ्चालनमा रहेका दलहरु एक आपसमा लड्नु देशका लागी घातक रहेको उल्लेख गर्नुभयो । देशमा गरिखाने बर्ग र गरिबका छोराछोरी कोरोनाको प्रकोपले अस्तब्यस्त हुदै गर्दा नेपालका प्रमुख राजनितिक दलका शिर्ष नेताहरु आफ्नो भाग खान अबसरबादी बनेर हिडेको आरोप लगाउनुभयो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै भरतपुर महानगरपालीका उप प्रमुख पार्बती शाह ठकुरीले मोफसलका मिडियाले स्थानीय बिषयबस्तुलाई प्राथमिकतामा  राखेर कार्यक्रम र सूचना समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । उहाँले कोरोना माहामारीको समयमा समेत रेडियोले खेलेको भुमिका उल्लेख्य रहेको बताउनुभयो ।

कार्यक्रममा अनलाईन तीज गीत प्रतियोगितामा उत्कृष्ट ५ टिमलाई पुरस्कार बितरण गरिएको थियो । प्रोफेसनल मिडिया ग्रुपका अध्यक्ष तथा रेडियो भरतपुर १०५।२ मेगाहर्ज का प्रबन्ध निर्देशक नविनराज पौडेलले मिडियाले गर्नुपर्ने आफ्नो दायित्व बोध गरेको बताउदै समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने कुरामा कुनै कसुर बाकी नराख्ने बताउनु भयो । उहाँले सिजि ल्याण्डमार्कमा डिजिटल डिस्प्ले बोर्ड राख्न सफल भएको बताउदै ब्याबसायको प्रर्बद्धन गर्ने मुख्य उद्धेश्य रहेको बताउनुभयो । चितवन नवलपुर लगाएतका जिल्लाहरुमा होर्डिङ्ग बोर्डबाट ब्याबसाय प्रर्बद्धनमा आफ्नो नाम स्थापित गराईसकेको प्रोफेसनल मिडिया ग्रुपले डिजिटल प्रबिधिको सदुपयोग गर्दै करिब ५० लाखको लागतमा सिजी ल्याण्डमार्कमा उत्कृष्ट क्वालिटिको डिस्प्ले राख्न सफल भएको हो ।

कार्यक्रममा नेपाली काग्रेस चितवनका सचिब राजिब न्यौपाने , भरतपुर महानगरपालीका ४ का वडा अध्यक्ष हरी आचार्य , सेन्ट्रल कलेजका प्रिन्सीपल वाई।बि पौडेल लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको स्वागत मन्तब्य सिजी ल्याण्डमार्क भरतपुर का मल म्यानेजर उज्ज्वल केसीले गर्नुभएको थियो भने सहजिकरण सुरज पौडेलको रहेको थियो ।

तपाईको प्रतिक्रिया