Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीमै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र त्यसको जवाफलाई लिएर कतिपयले एमाले फुटतर्फ उन्मुख भएको आशंका गरेका बेला नेपाल समूहले पार्टीभित्रै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । त्यसअनुसार शुक्रबार बोलाइएको संसदीय दलको बैठकमा सांसदहरु जाने स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।

कलंकीस्थित एक पार्टी प्यालेसमा भएको उपलब्ध केन्द्रीय सदस्य र सांसदहरुको बैठकपछि नेता पन्तले भने, ‘नेकपा एमालेभित्र बसेर पार्टीलाई बलियो, गतिशील बनाउन र विधि पद्धतिमा चलाउन पार्टीभित्रै रहेर संघर्ष गर्ने नीतिअनुसार संसदीय दलमा भाग लिएर आफ्ना कुराहरु राख्ने निर्णय गरेका छौं ।’नेपाल समूहले २ जेठ २०७५ मा कायम रहेको स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाउन माग समेत गरेको छ । तर पार्टी अध्यक्ष ओली पार्टीको विधान अनुसार अगाडि बढ्छन् भन्ने नलागेको नेताहरुले बताएका छन् ।

पार्टी अध्यक्ष ओली, एमालेलाई विभाजन गरिछाड्ने दिशामा अगाडि बढेको भन्दै नेपाल समूहका एक केन्द्रीय सदस्यले भने, ‘उहाँ रोकिनेवाला हुनुहुन्न । थप नेताहरुलाई स्पष्टीकरण सोध्नुका साथै कारबाही गर्न सक्नुहुन्छ ।’अध्यक्ष ओली पेलेर अगाडि बढ्न खोजे चैत ४ र ५ गते भएको राष्ट्रिय कार्यकर्ता भेलाको निर्णयअनुसार शक्ति निर्माण गरेर अगाडि बढ्ने नेपाल समूहको निर्णय छ ।

तपाईको प्रतिक्रिया