Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

प्रताप बानियाँ

मुस्ताङ – शनिवारदेखि चार दिनका लागि बेनी–जोमसोम सडक खण्ड बन्द हुने भएको छ ।कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडक खण्डअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका ४ काभ्रे भिर र कैकु खोलामा बिग्रिएको सडक मर्मत गर्नुपर्ने भएकाले आउँदो शनिबारदेखि १७ गते मङ्गलबारसम्म कुनै पनि गाडी नचल्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिनुभयो ।

यस सडकखण्डको अन्य विकल्प नभएकाले यो सडक खण्ड भएर आवतजावत गर्ने यात्रु भने समस्यामा पर्ने भएका छन् । यो सडक खण्डमा बेलाबेला पहिरो जाने गरेको छ ।कोरोना भाइरसका कारण लामो समयसम्म पूर्णरूपमा बन्द भएर सामान्य अवस्थातर्फ फर्किएको मुस्ताङको पर्यटन व्यवसायलाई अहिलेको सडक बन्दको कार्यले केही असर देखिने भएको छ । सडक यातायात बन्द भए पनि पोखरा–जोमसोम हवाई यात्रामार्फत भने मुस्ताङ जान सकिन्छ ।

तपाईको प्रतिक्रिया