Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ दासढुंगामा आज बुधबार अपरान्ह कार र ट्रक ठोक्किदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य तीन जना गम्भिर घाइते भएका छन् ।दिउँसो ४ः२५ बजेको समयमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ७३७१ नम्बरको आइचर ट्रक र विपरीत दिशाबाट आउदै गरेको बा २१ च ६८५९ नम्बरको कार एक आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा परी कारमा सवार तनहुँ स्याम्घा नगरपालिका–४ बस्ने वर्ष २८ का धर्मराज गौली र कास्की लेखनाथ नगरपालिका बस्ने वर्ष ३१ का रामकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । उनीहरुको उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा परी कार चालक लम्जुङ मध्यनेपाल नगरपालिका–७ बस्ने वर्ष ४२ का पदम सापकोटा, स्याङजा बिरुवा गाउँपालिका–३ बस्ने वर्ष ४२ का प्रसाद थापा र तनुहँ व्यास नगरपालिका–६ बस्ने वर्ष ४० का जसमान परियार घाइते भएका छन् । उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भिर रहेको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया