Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

फाइल फोटो
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले वार्तामा भएको सहमति अनुसार प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबीच भएको तीनबुँदे सहमतिलाई पनि अनुमोदन गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले  बताए ।

वार्तामा भएका सहमतिसहित सरकार र विप्लव पक्ष शुक्रबार सार्वजनिक कार्यक्रममार्फत जनतासमक्ष प्रस्तुत हुँदैछन् । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्दैछन् ।

तपाईको प्रतिक्रिया