Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

सुस्मा न्यौपाने
गैँडाकोट । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पूर्वि नवलपरासीमा एक पुरुष  पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय नवलपरासी(पूर्व)ले विनयी त्रिवेणी गाउँपालिका वडा नं. ४ सर्दीका ३८ वर्षीय एक पुरुषलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिप कुमार गिरीले पक्राउ ३८ वर्षीय पुरुषले आफ्नै १३ वर्षिया छोरीलाई विगत ५ वर्षदेखि नै पटक पटक बलात्कार गर्दै आएको अनुसन्धानबाट खुलेको  उज्यालाे खबरलाई  जानकारी दिए ।
पछिल्लो पटक मंसिर ८ गते छोरीलाई करणी गरेर भारत फरार भएका आरोपित बुबा घर फर्केपछि घटना बाहिर आएको हो । गत बुधबार घर फर्केपछि घरमा झगडा हुदाँ स्थानीयले घटना बारे थाहा पाएका थिए । उनले विगतदेखिनै छोरीलाई बलात्कार गर्दै आएको स्रोतले बताएको छ ।
पक्राउ परेका पुरुषलाई नियन्त्रणमा लिएर जर्वजस्ती करणी मुद्धामा कारबाही अगाडी बढाईको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया