×

पुर्वी नवलपरासीको देवचुली-२ दुम्कौली चोकमा रातको १२ बजेको समयमा दुई वटा ट्रक एक आपामा ठोक्किदा दुई जनाको ज्यान गएको छ ।

पुर्वबा आएको ना ७ ख ७०२३ र पश्चिम बाट आएको ना ६ ख ३०११ नं को ट्रक एक आपसमा ठोक्किएर दुबै ट्रकका चालक मकवानपुर घर भएका वर्ष ३४ का रामकुमार न्यौपाने र कास्की घर भएका वर्ष ५१ का खिम बहादुर बिकको ज्यान गएको रजहर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा दुबै ट्रकका सह चालक घाईते भएका छन ।

मृतकको शव मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया