Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । नेपाल कम्युनिष्ट पार्टी चितवनको शपथ ग्रहण कार्यक्रम आज हुँदैछ ।  भरतपुरमा हुने साे कार्यक्रमलाई नेकपा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्नु हुने भएको हो ।

भरतपुर महानगरपालिका वडा नं. १२ स्थित स्मार्ट पार्टी प्यालेस वसन्तचोकमा बिहान ११ बजे हुने कार्यक्रममा जिल्ला अधिवेशन आयोजक कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सचिवालय सदस्य पोखरेलले सपथ ग्रहण गराउनु हुने छ । कार्यक्रममा जिल्लाभरका नेता, कार्यकर्ता र सर्वसाधारण उपस्थित हुने नेकपा चितवनका अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो । उहाँले सम्पूर्ण आम जनसमुदायलाई कार्यक्रममा सहभागी हुन आव्हान गर्नुभयो ।

तपाईको प्रतिक्रिया