×

 

चितवन । तत्कालिन तरुणदल चितवनका अध्यक्ष शिब पौडेलको हत्यामा संलङ्न तीन जनाले प्रजातन्त्र दिवसको अबसरमा आममाफि पाएको भन्दै पौडेल परिवारले अशन्तुष्टि जनाएको छ । परिवारले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि असन्तुष्टि जनाएको हो ।

शिव पौडेल केरावारीमा भएको गोली काण्डको अभियोगमा पुरपक्षका लागि थुनामा रहेको समयमा कारागारमा हत्या गरिएको थियो । वि। सं। २०६८ साल मंसिर २० गते पौडेल माथि आक्रमण भएको थियो ।

आक्रमणमा परि पौडेल गम्भिर घाईते भई उपचारका क्रममा पुस २ गते काठमाडौंको न्यूरो अस्पतालमा मृत्यु भएको थियो । मृत्यु पछि परिवारको जाहेरीले २० वर्ष जेल सजाय भोगि रहेका मध्ये यही फागुन सात गते प्रजातन्त्र दिवसको अबसरमा आक्रमण गर्ने मध्ये तीन जना फडिन्द्र श्रेष्ठ, सुनिल केसी र दिल वहादुर लामा लाई आममाफि दिइएको थियो ।

उनीहरुलाई आममाफि भए पछि परिवारले देशमा न्याय हराएको महशुश गरिरहेको पौडेल पत्नी विनु रायमाझी पौडेले बताउनु भयो । पत्रकार सम्मेलनमा बोल्दै उहाँले राष्ट्रपति र प्रधानमन्त्रीले आफ्ना कार्यकर्ताको झुण्ड वडाउन ज्यानमाराहरुलाई आममाफि दिएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो “एउटै परिवारका दुई भाई मारेर सजाय भोगीरहेकालाई आममाफि दिइनु कतिको जायज हो । हत्याुरा ठहर भएकालाई आममाफि दिदाँ पिडित परिवारको मनमा के हुन्छ भनेर सोच्नु पर्दैंन ।” उहाँले थप्नुभयो “अहिलेको घटनाले देशमा न्याय हराएको महशुश भएको छ ।”

पौडेलले राष्ट्रपति देशको राष्ट्रपति नभई अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहको राष्ट्रपति भएको अरोप लगाउनुभयो । उहाँले भन्नुभयो “राष्ट्रपतिले अहिले आफ्नो श्रीमानको हत्यारा खोज्नु पर्ने हो की अर्काका हत्यारालाई छुटाउने हो ।” उनीहरुलाई के कारणले माफि दिइएको हो ? उहाँको प्रश्न थियो ।

पौडेलका भाई गोविन्द पौडेलको हत्याको आरोपमा उनीहरुलाई पाँच÷पाँच वर्षका लागि कैद सजाय भएको थियो । उनीहरुले गोविन्दको वि।सं। २०६६ साल जेठ ३ गते हत्या गरेको थिए । कारागारमा रहेको समयमा सोही समुहले शिव पौडेललाई कारागारमानै रहेका सामाग्रीहरुको प्रयोग गरि हत्या गरेका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै पौडेलका छोरा शिविनजंग पौडेलले आँफुहरुले न्याय नपाउनु भनेको विडम्बना भएको बताउनुभयो । कारागार भित्र २० वर्ष कैद सजाय भएका व्यक्तिलाई आममाफिका नाममा दिइएको उन्मुक्तिले आँफुहरुलाई त्रास वढाएको उहाँको भनाई थियो ।

पौडेलका दाजु तारा पौडेलले राज्य दण्डहिनताको पक्षमा गएको बताउनुभयो । अहिलेको अबस्थामा कानुनी रुपमा अघि वढ्ने उहाँको भनाइ छ । आँफुहरु मन्त्रीपरिषदको सिफारीस र राष्ट्रपतिको निर्णय बिरुद्ध काननी लडाइमा जाने पौडेलले जानकारी दिनुभयो ।

गोविन्द पौडेलकी श्रीमती रिता पौडेलले आँफुहरु सामुहीक रुपमा कानुनि लडाइमा जाने बताउनुभयो । नेपाल तरुणदल चितवनका अध्यक्ष राजन ताम्राकारले सरकारको निर्णय प्रति आन्दोलनको तयारी गरिएको बताउनुभयो । अन्यायको बिरुद्धमा लड्न तरुणदल तयार रहेको उहाँको भनाई थियो ।

तपाईको प्रतिक्रिया