
कावासोती । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापा आज आइतबार नवलपुर आउने भएका छ्न ।
थापाले जिल्लाको हुप्सेकोट गाउँपालिकामा नेपाली काङ्ग्रेस हुप्सेकोट गाउँपालिकाले आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काङ्ग्रेस हुप्सेकोट गाउँपालिकाका सभापति ओमन सिङ रजालीले जानकारी दिएका छन ।
हुप्सेकोट-३ बेलहानी स्थित मयुरपोखरी खेल मैदानमा बिहान १० बजे आयोजना गरिएको बृहत आमसभालाई थापा लगाएतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको सभापति रजालीले बताए ।