Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाडौं । बैतडीकी १७ वर्षीया भागरथी भट्टाको हत्या आरोपित किशोरलाई प्रहरीले सार्वजनिक गरेको छ।बुधबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरीले भागरथी भट्टका बलात्कार तथा हत्या आरोपी सार्वजनिक गरेको हो।

सम्मेलनमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले ती किशोरले हत्या गर्न भागरथीलाई अगाडि नै लवलेक जंगलमा कुरेर बसेका थिए।ती किशोर दोगडाकेदार गाउँपालिका-७ का भागरथी भट्ट पढ्ने सनातन धर्म माध्यमिक विद्यालयकै कक्षा ११ अध्ययनरत थिए।

माघ २१ गते दिउँसो करिब २ बजेतिर ती किशोर अन्तिम कक्षा नपढी साथीहरूसँग फर्किएका थिए।साथीहरूसँग जाँदा उनी बजारबाट साथीहरूसँग छुटेर घर जाने भन्दै फर्किएको डिआइजी सुवेदीले बताए।‘घर जाने क्रममा घटनास्थल पुगेर भागरथीलाई मार्ने उदेश्यले कुरेर बसेको देखियो,’ उनले भने, ‘भागरथीलाई सडकभन्दा तल धकेलेर लडेपछि जबरजस्ती घाँटी थिचेर मारेको देखियो,’ डिआइजी सुवेदीले भने।

तर, किशोरले बलात्कार भने नगरेको प्रहरीको बयानमा भनेका छन्। तर, पोष्टमार्टम रिपोर्टमा बलात्कार भएको देखिएको थियो।ती किशोर सोही ठाउँका हुन्। उनले रिसिइबीका कारण हत्या गरेको प्रहरीमा भनेका छन्।तर, प्रहरीले अनुसन्धानमा बाधा पर्ने भन्दै सो रिसिइबीबारे अहिले खुलाएको छैन।

तपाईको प्रतिक्रिया