Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

कावासोती । नवलपुर प्रहरीले  ६ किलो  गाँजा सहित एक जनालाई    पक्राउ गरेकाे छ । अस्थाई प्रहरी पोष्ट दलदलेको टोलिले चेकजाँचको क्रममा लु ४२ प ६०३६ नम्बरको मोटरसाईकलमा सवार कावासोती नगरपालिका–१५ का ३५ वर्षीय प्रकाश घिमिरेलाई बोरा भित्र लुकाएर ल्याउदै गरेको ६ किलो प्रतिबन्धित लागुऔषध गाँजा सहित गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी प्रमुख एसपी प्रकाश मल्लले बताउनु भयो ।
प्रारम्भीक अनुसन्धानमा घिमिरेले कावासोती–१५ सहित कोल्हुवा आसपासमा क्षेत्रमा गाँजा ओसारपोसार गरेको देखिएको उहाँले बताउनुभयो । घिमिरेलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको एसपी मल्लले बताउनुभयो ।

तपाईको प्रतिक्रिया