×

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संयुक्त आन्दोलनमा जान नहुने बताएका छन्।नेकपाका प्रचण्ड-नेपाल पक्ष र जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीका कदमविरूद्ध संयुक्त आन्दोलनमा जानुपर्ने प्रस्ताव कांग्रेससँग राख्दै आएका छन्।

पार्टीका पूर्वसभापति सुशील कोइरालाको स्मृतिमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोलेका महामन्त्री कोइरालाले भने, ‘हाम्रो आफ्नै अस्तित्व छ, विचार छ। संयुक्त आन्दोलनमा जान हुँदैन।’

उनले अहिलेको अवस्थामा कांग्रेसको भविष्य उज्ज्वल रहेको पनि बताएका थिए। नेकपाभित्र विवाद भएका बेला त्यसको फाइदा कांग्रेसलाई पुग्ने आँकलन उनको थियो।

‘मैले राजनीतिक दृष्टिकोणले भनेको संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुन्छ,’ कोइरालाले भने, ‘आन्दोलन गर्दा कसैसँग मिल्न हुन्न। हामीलाई घाटा हुन्छ।’

तपाईको प्रतिक्रिया