Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन। नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै किरिया पुत्री बोकेको बस तोडफोड गरिएको छ । देवघाटबाट आज बिहीबार भरतपुर तर्फ आउँदै गरेको बसमा प्रदर्शनकारीहरुले तोडफोड गरेका हुन् ।

प्रदर्शनकारीले देवघाटमा अन्त्येष्टि कर्म सकेर जगतपुर जान आउँदै गरेको ना ४ ख ३७३१ नम्बरको बसमाथि आँपटारीमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । किरायापुत्री लिएर फर्किदै गरेको बसमा तोडफोड गर्दा किरियापुत्री सन्तबहादुर विक घाइते हुनु भएको छ । घाईते विकको भरतपुर अस्पतालमा उपचार भएको छ ।

तपाईको प्रतिक्रिया