Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । नेकपा प्रचण्ड- माधव समूहले भोलीका लागि आमहड्तालको आह्वान गरेपछि नवलपुर प्रहरीले सुरक्षा सर्तकता बढाएको छ । जिल्लामा अप्रीय घटना हुुन नदिनका लागि आफुहरु तयार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी समेत रहेका डिएसपी दिलिप कुमार गिरीले जर्वजस्ती पसल, उद्योग कलकारखाना, यातायात बन्द गराउन खोजे उनिहरुलाई पक्राउ गरि आवश्यक कारबाही गरिने बताए ।
उज्यालो खबर सँग कुरा गर्दै उनले नेपाल प्रहरी शान्ति र अमनचयन कायम राख्न सदैव क्रियाशिल रहेको भन्दै बन्द नागरिकको अधिकार हनन हुन नदिने बताए ।
उनले सर्वसाधरणको सुरक्षाका लागि नवलपुर प्रहरी सदैव तयार रहेको भन्दै सडकमा बन्द आह्वान गर्दै अवरोध गर्न खोजे नियन्त्रणमा लिएर कानूनी कारबाही गर्ने प्रष्ट पारे ।

तपाईको प्रतिक्रिया