Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाडौं । विहीवार भोलि नेकपा प्रचण्ड–माधव नेपाल पक्षले गर्ने आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध हुनेछैन ।

प्रचण्ड नेपाल पक्षले  संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा आह्वान गरेको आन्दोलनका कार्यक्रमबारे जानकारी दिन बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी दिइयो ।
पत्रकारसम्मेलनपछि वितरण गरिएको प्रेस वक्तव्यमा यसअघि नै घोषित माघ २८ गते काठमाडौँमा हुने विरोध प्रदर्शन र सभा यथावत राख्ने उल्लेख गरिएको छ । यस्तै माघ २२ गते काठमाडौंमा हुने भनिएको युवा र्याली माघ २८ पछि हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया