
नवलपुर । पूर्वि नवलपरासीको कावासोतीबाट ८ जना जुुवाडे पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)को टोलीले जुवा खेल्दै गरेका उनिहरुलाई कावासोतीको सभापती चोक नजिकैबाट आज दिउसो नियन्त्रणमा लिएको डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए ।
गिरीका अनुसार उनिहरु स्थानीय बिमल बरालको घरमा तास खेलिरहेका थिए । उनिहरुको साथबाट ३७ हजार ४ सय २० रुपैँया नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कावासोती नगरपालिका वडा नं. ३ का बर्ष ३३ का किरण के.सी, बर्ष ३९ का राम शर्मा, बर्ष ४६ का दम बहादुर सिंजाली, बर्ष ४३ का दामोदर अधिकारी, बर्ष ३५ का बिमल वराल रहेका छन ।
त्यसैगरी वडा नं. २ का बर्ष ४३ का भबिलाल पाण्डे, बर्ष ४० का कृष्ण पौडेल र वडा नं. ५ का बर्ष ३९ का पो वहादुर गुरुङ पनि जुवाकै खालबाट समातिएको प्रहरीले जनाएको छ ।
उनिहरु सबैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरीले जनाएको छ ।