Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैँडाकोट । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का स्थायी कमिटि सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुुव्वा गुरुङ प्रचण्ड – माधव नेतृत्वलाई पाल्तु कुकुर जस्तै भएको आरोप लगाएका छन ।
नेपाल कम्युनिष्ट पार्टि नेकपा गैँडाकोट नगरकमिटिले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड र माधव नेपालका कारण मुलुकमा संकट श्रृजना भएको दावी गरे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री गुरुङले ओली नेतृत्वको नेकपालाई हात्ती सँग तुलना गरे । उनले भने ”कुकरहरु भुक्दैमा हात्तीलाई केहि असर गर्दैन, कुकुरहरु भुक्दै गर्छन हात्ती लम्कीरहन्छ” ।
मुलुकलाई संकटबाट जोगाउन प्रधानमन्त्री एवं पार्टि अध्यक्ष ओलीले बाध्यात्मक अवस्थामा ताजा जनादेशमा जाने निर्णय लिएको जिकिर उनको छ ।
जनताले कम्युनिष्टलाई पाँच बर्षका लागि सरकारमा बसेर काम गर्न जनादेश दिएकै हुन् तर हामी मिल्न नसकेका कारण बर्तमान परिस्थिती आएको र अहिलेको लडाँइमा आफुहरुकै जित हुने मुख्य मन्त्री गुरुङको भनाई थियो ।
कार्यकर्ता भेलालाई नेकपाका केन्द्रीय सदस्य तिलक बहादुर महत , राष्टिय सभा सदस्य पार्बती रावल, प्रदेश सांसद रोशनबहादुर गाहा मगर लगायतले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया