गैँडाकोट । नेपाल कम्युनिष्ट पार्टि नेकपा गैँडाकोट नगरकमिटि (ओली समूह) ले युवा नेता नवराज कंडेलको संयोजकत्वमा पार्टि सुद्धिढीकरणका लागि नगरकमिटि घोषणा गरेको छ । पार्टिलाई चुस्त र दुरुस्त बनाउनका लागि कडेलको संयोजकत्वमा नगरकमिटि घोषणा गरिएको हो ।
समितको सहसंयोजकमा विमल चापागाई र सचिवमा खेमनारायण लम्साल रहेका छन । नेकपा गैँडाकोट (ओली समूह)ले आज आयोजना गरेको कार्यकर्ता भेलामा कडेल सहित तीनजनालाई पार्टिलाई चलायमान बनाउन जिम्मेबारी दिइएको हो ।
पार्टि नगरकमिटिको संयोजक, सहसंयोजक र सचिवको जिम्मेबारीलाई कुशलता पूर्वक पुरा गर्दै सबैलाई समेटेर अगाडी बढ्न कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आग्रह गरे । नेकपा गैँडाकोटका अध्यक्ष र सचिव प्रचण्ड समूहमा लागेपछि ओली समूूहले पार्टिलाई चलायमान बनाउन आक्रामक रुपमा सागंठानीक गतिविधिहरु अगाडी बढाउदै लगेको छ । संयोजक कंडेल गैँडाकोट नगरपालिका वडा नं. ५ का निर्वाचित वडा अध्यक्ष हुन । ओली निकटका उनि युवाहरुमाझ लोकप्रीय मानिन्छन ।