गैँडाकोट । आक्रामक रुपमा संगठन विस्तार लाई अगाडि बढाएको नेपाल कम्युनिष्ट पार्टि (ओली समूह) ले आज नवलपुरको गैँडाकोटमा नगरस्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको छ ।जिल्लाका विभिन्न स्थानीय तहहरुमा आफ्ना संगठनात्मक क्रियाकलाप अगाडि बढाउदै आएको नेकपाको ओली समूहले आज गैँडाकोटको फेम्ली क्याफेमा विहान ११ वजे अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको हो ।
नेकपा गैँडाकोट नगर कमिटिको आयोजनामा हुने भेलामा गैडाकोट नगरपालिकाका १८ वटै वडाहरुबाट अगुवा कार्यकर्ताहरु सहभागि रहने राष्टिय युवासघ नेपाल नवलपुरका अध्यक्ष कृष्ण कडेलले जानकारी दिए ।
भेलालाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुुब्बा गुरुङ, केन्द्रीय समेत रहेका विघटित संविधान सभाका सदस्य तिलक बहादुर महत, केन्द्रीय सदस्य दिपक अधिकारी, भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष कृष्ण घिमिरे , राष्टिय सरोकार तथा समन्वय समितिका सभापती पार्वती रावल , पार्टि जिल्ला अध्यक्ष रोशन बहादुर गाहा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नगर कमिटिका अध्यक्ष प्रचण्ड समूहमा लागेपछि नेकपा (ओली समूह)ले गैँडाकोटमा आफ्नो रणनिती फरक बनाउदै लगेको छ ।
मंगलबार तय गरिएको कार्यक्रमको अध्यक्षता जेष्ठ सचिवालय सदस्य गुणाखर रेग्मीले गर्ने नेकपा (ओली समूह) ले उज्यालो खबरलाई बतायो । यसैविच नेकपा गैँडाकोट (ओली समूह) को नेतृत्व युवा नेता नवराज कंडेलले गर्ने स्रोतले बताएको छ । कंडेलकै संयोजकत्वमा आजनै नयाँ कमिटि घोषणाको तयारी भैरहेको बुझिएको छ ।
युवासंघको राजनितिबाट आफनो राजनैतिक यात्रा सुरु गरेका कंडेल गैँडाकोट नगरपालिका वडा नं। ५ का निर्वाचित वडा अध्यक्ष हुन । उनकै नेतृत्वमा नगर कमिटिलाई अगाडी बढाउन सकिए प्रचण्ड माधव समूहलाई समेत धक्का पुग्ने युवाहरुको बुझाई छ ।
यता नेकपा गैँडाकोट प्रचण्ड माधव समूहले आजका लागि तय भएको नगरस्तीय भेला आधिकारिक नभएको बताएको छ । सो समूहका सचिव श्यामसुन्दर लामिछानेले समाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै नेकपाको गैँडाकोटमा आज कुनै कार्यक्रम नभएको बताएका छन ।