Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । आक्रामक रुपमा संगठन विस्तार लाई अगाडि बढाएको नेपाल कम्युनिष्ट पार्टि (ओली समूह) ले मंगलबार नवलपुरको गैँडाकोटमा नगरस्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको छ । जिल्लाका विभिन्न स्थानीय तहहरुमा आफ्ना संगठनात्मक क्रियाकलाप अगाडि बढाउदै आएको नेकपाको ओली समूहले मंगलबार गैँडाकोटमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको हो ।

नेकपा गैँडाकोट नगर कमिटिको आयोजनामा हुने भेलामा गैडाकोट नगरपालिकाका १८ वटै वडाहरुबाट अगुवा कार्यकर्ताहरु सहभागि रहने युवा नेता नवराज कंडेलले जानकारी दिए । भेलालाई केन्द्रीय समेत रहेका विघटित संविधान सभाका सदस्य तिलक बहादुर महत, केन्द्रीय सदस्य दिपक अधिकारी, कृष्ण घिमिरे, जिल्ला अध्यक्ष रोशन बहादुर गाहा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नगर कमिटिका अध्यक्ष प्रचण्ड समूहमा लागेपछि नेकपा (ओली समूह)ले गैँडाकोटमा आफ्नो रणनिती फरक बनाउदै लगेको छ ।

मंगलबार तय गरिएको कार्यक्रमको अध्यक्षता जेष्ठ सचिवालय सदस्य गुुणाखर रेग्मीले गर्ने नेकपा (ओली समूह) ले उज्यालो खबरलाई बतायो । यसैविच नेकपा गैँडाकोट (ओली समूह) को नेतृत्व युवा नेता नवराज कंडेलले गर्ने स्रोतले बताएको छ । कंडेलकै अध्यक्षतामा नयाँ कमिटि घोषणाको तयारी भैरहेको बुझिएको छ ।

युवासंघको राजनितिबाट आफनो राजनैतिक यात्रा सुरु गरेका कंडेल गैँडाकोट नगरपालिका वडा नं। ५ का निर्वाचित वडा अध्यक्ष हुन । उनकै नेतृत्वमा नगर कमिटिलाई अगाडी बढाउन सकिए प्रचण्ड माधव समूहलाई समेत धक्का पुग्ने युवाहरुको बुझाई छ ।

तपाईको प्रतिक्रिया