×

भरतपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरस्थित पुल्चोक–गोन्द्राङ ६ लेन सडकको शिलन्यास र शिलालेख अनावरण गरी स्तरोन्नती कार्यको शुभारम्भ गर्नुभएको छ । यस्तै भरतपुरमा निर्माण शुरु गरिएको सिटीहलको पनि उहाँले शिलन्यास गर्नुभयो ।

भरतपुर महानगरपालिका वडा नं। १० स्थित विमानस्थल अगाडि आज शनिबार सडक स्तरोन्नतीको शुभारम्भ गर्नुभएको हो । बटुकहरुले स्वस्ती वाचन गरी प्रधानमन्त्री ओलीले शिलन्यास गर्नु भएको थियो । उहाँले सोही स्थानमा निर्माण गरिएको शिलालेखको पनि अनावरण गरी स्तरोन्नतीको शुभारम्भ गर्नुभएको हो । यस्तै वाईपास सडकसँगै रहेको सिटीहलको पनि उहाँले शिलन्यास गर्नुभयो ।

तपाईको प्रतिक्रिया