Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली चितवन आउने कार्यक्रमको तयारी पूरा भएको छ । भोलि माघ १७ गते भरतपुरको केन्द्रीय बसटर्मिनलमा हुने बृहत जनसभालाई सम्बोधन गर्न ओली चितवन आउन लागेका हुन् ।

सभालाई सम्बोधन गर्नुअघि ओलीले भरतपुरमा बन्न लागेको सिटी हल र गोन्द्राङ–पुल्चोक सडक विस्तारको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । दिउँसो १२ः३० बजेबाट आमसभा सुरु हुनेछ । सभामाअघि पूर्व क्षेत्रको बसन्तचोक,पश्चिम क्षेत्रको चौविसकोठी र उत्तर क्षेको मालपोत चोकबाट र्‍याली निकालिनेछ ।

जनसभामा सहभागी हुन नेकपा चितवनले आम जनसमुदायलाई अह्वान गरेको छ । जनसभामा अनिवार्यरुपमा मास्क लगाएर सहभागी हुन नेकपा चितवन ओली समूहले अपिल गरेको छ ।

जनसभामा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु शाह लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया