Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नपा–१० हरिहर मन्दिर अगाडि यात्रुबसले मोटरसाइलकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा२ ख५६७४ नम्बरको बसले पूर्वतर्फ जाँदै गरेको बा९२प ५२०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाकाअनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बु टापटिङ-५ बस्ने २४ वर्षीय अनिल मगर र पछाडि सवार सुनसरीको धरान-९ बस्ने २० वर्षीय गौरव राई रहेको छन् ।

गम्भीर घाइते भएर उपचारका लागि भरतपुरको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल लगिएकोमा उनीहरूको बिहान ९ः३५ बजे मृत्यु भएको थापाले जानकारी दिए ।ठक्कर दिने बस प्रहरीको नियन्त्रणामा रहेको जनाउँदै थापाले बस चालक फरार रहेको बताए । फरार बस चालकको खोजी भइरहेको थापाको भनाइ छ ।

तपाईको प्रतिक्रिया