×

गैँडाकोट । तीनदिन देखि बेपत्ता गैँडाकोट नगरपालिका वडा नं. १ की २८ बर्षिया सरस्वती श्रेष्ठको अवस्था आजसम्म पनि अज्ञात नै रहेको छ । गैँडाकोट नगरपालिका वडा नं. १ प्रगतीटोलमा बस्दै आएकी उनि तीनदिन देखि परिवारको सम्पर्कमा आएकी छैनन ।
उनले प्रयोग गर्दै आएको कपडा र चप्पल बृटिसक्याम्प स्थित नारायणी नदी किनारमा फेला परेको छ । नदी किनारमा कपडा र चप्पल भेटिएपछि उनि नदीमै हाम फालेर बेपत्ता भएको आशंका प्रहरीको छ । आजपनि दिनभर जसो डुंगाको सहायताबाट खोजि गरिएपनि अवस्था पत्ता लगाउन नसकिएको उनका आफन्त गोविन्द उपाध्यायले जानकारी दिए ।
उनि नदीमा बेपत्ता भएको आशंका गरिएको स्थान निकै गहिरो भएकोले तालिम प्राप्त गोताखोर नै मागएर खोजविन गर्न उनले आग्रह गरेका छन । लामो समयदेखि गैँडाकोटमा बस्दै आएकि सरस्वतीका २ जना छोराछोरी छन । उनका श्रीमान केहिदिन अघिमात्रै विदेशबाट फर्केको बुझिएको छ ।

तपाईको प्रतिक्रिया