चितवन । प्रधानमन्त्री केपी शर्मा ओली माघ १७ गते चितवन आउनुहुने भएको छ् । भरतपुरको केन्द्रिय बस टर्मिनलमा हुने बृहत जनसभालाई सम्बोधन गर्न ओली चितवन आउन लाग्नुभएको हो । आज (आइतबार) भरतपुरमा नेकपा सस्थापन पक्षद्वारा आयोजित पत्रकार सम्मेलनमा मार्फत जनसभाको बारेमा जानकारी दिइएको छ । सभामा चितवनका विभिन्न पालिकाहरुबाट ५० हजार जनता सहभागी गराउने लक्ष्य राखिएको छ ।
जनसभालाई प्रधानमन्त्री ओली सहित गृहमन्त्री राम बहादुर थापा बादल शहरी विकास मन्त्री प्रभु साह लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । सभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्रीले भरतपुरमा बन्न लागेको सिटी हल र ६ लेन गोन्द्राङ–पुल्चोक सडक विस्तारको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । दिउसो १२ बजेबाट आमसभा सुरु हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै नेकपा केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सांसद दिलकुमारी रावल ‘पार्वती’ले पछिल्लो राजनीतिक घटनक्रमबारे प्रधानमन्त्री ओलीले आमसभामा सम्बोधन गर्ने बताउनु भयो । पत्रकार सम्मेलनमा बोल्दै उहाँले संघिय मन्त्रालयको कार्यक्रम अनुसार प्रधानमन्त्री ओलीले सिटी हल र सडक विस्तारको शिलान्यास गर्न लागेको बताउनु भयो ।
संघीय सरकारको बजेटमा सघन सहरी विकास आयोजना अन्तरगत सिटी हल बन्न लागेको हो भने भौतिक योजना मन्त्रालय अन्तरगत पुल्चोक–गोन्द्रङ सडक विस्तार हुन लागेको हो । रावलले केन्द्रिय सरकारबाट विनियोजन भएका आयोजनाको शिलान्यास प्रधानमन्त्रीले गर्नुलाई अन्यथा लिन आवश्यक नरहेको बताउनु भयो । तीन वटै सरकारसँग समन्वयन गरेर सरकार अघि बढीरहेको बताउँदै उहाँले यसलाई कसैको प्रतिष्ठाको विषय बनाउन आवाश्यक नरहेको प्रष्ट पार्नु भयो ।