Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षको आजबाट भरतपुरमा सम्पर्क कार्यालय सञ्चालनमा आएको छ ।भरतपुरको रिजाल चोकमा नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटी चितवनको सम्पर्क कार्यालय स्थापना गरी काम थालिएको नेकपा केन्द्रीय सदस्य तथा जिल्ला पार्टी कार्यालय व्यवस्थापन संयोजक पार्वती रावलले जानकारी दिइन् ।

निर्वाचन आयोगले आधिकारिता नदिँदाका लागि अस्थायी रूपमा आफ्नो पार्टीले कार्यालय सञ्चालन गरेको र आयोगको निर्णय अनुसार स्थायी कार्यालय सञ्चालन गरिने केन्द्रीय सदस्य रावलले बताइन् ।नेकपाको पार्टी विवाद सँगसँगै भरतपुर मदननगर स्थित पार्टी कार्यालय साबिक नेकपा एमालेको पार्टी कार्यालय बन्द गरिएको छ ।

सो कार्यालय हाल प्रहरीले सुरक्षा दिइरहेको छ । त्यस्तै प्रचण्ड–माधव समूहले भने साबिक माओवादी केन्द्रको कृष्णपुर स्थित कार्यालयबाट पार्टीको काम गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया