×

चितवन । भरतपुरमा शंकास्पद वस्तु फेला परेको छ । भरतपुर महानगरपालिका वडा नं. ११ वाईपासरोडमा शंकास्पद वस्तु फेला परेको हो । भरतपुर महानगरपालिका वडा नं. ११ आँखा अस्पताल अगाडी बम लेखिएको शंकास्पद वस्तु फेला परेको सुरक्षा स्रोतले जनाएको छ ।

वम लेखिएको शंकास्पद वस्तु भेटिएपछि सवारी आवागमन बन्द गरि नेपाली सेनाको टोलिले वम भए नभएको यकिन गरिरहेको छ । विप्लव माओबादीले आजका लागि नेपाल बन्दको आह्वान गरेकोले सोहि समूहले बम राखेको हुनसक्ने आशंका गरिएको छ ।

तपाईको प्रतिक्रिया