×

चितवन । भरतपुरको दीपज्योति सहकारीको पूँजी ५३ करोड रुपैयाँ पुगेको छ ।सहकारीको आज सम्पन्न २७ औं स्थापना दिवस एवम् २६ औं वार्षिकोत्सबको अवसरमा सो जानकारी गराइएको हो । संस्थाको शेयर सदस्य चार हजार बढी रहेका छन् । विसं। २०५१ साल माघ ७ गते २८ जना शेयर सदस्यले एक हजार जम्मा गरेर सो सहकारी स्थापना गरेका थिए

वार्षिकोत्सब कार्यक्रममा वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक तेजेन्द्रबहादुर खड्काले दिपज्योति जिल्लामा नमुना सहकारीको रुपमा विकास भएको बताए । सहकारीहरु एक आपसमा गाभिएर ठूला र व्यवस्थित हुनु पर्नेमा उनले जोड दिए । कार्यक्रममा जेष्ठ सदस्य गिरीप्रसाद न्यौपाने, भगवती घिमिरे, तुलसीराम आचार्यलगायतले मन्तव्य राखेका थिए । सो अवसरमा २२ जना जेष्ठ सदस्य, शेयर सदस्य परिवारको दुई जना विद्यावारिधी गरेका र एसईईमा उत्कृष्ट अंक ल्याउने पाँच जनालाई सम्मान गरिएको थियो ।

सोही अवसरमा यस्तै मुक्तिनगर टोल विकास संस्थालाई १५ थान र सिद्धिबिनाएक गणेश मन्दिरलाई १० थान कुर्सी बितरण गरिएको थियो । सहकारीको केन्द्रीय कार्यालय रहेको मुक्तिनगर टोल विकास संस्थालाई हरेक वर्ष वार्षिकोत्सबमा सहयोग गरिर्दै आएको छ । कार्यक्रम संस्थाका अध्यक्ष भोला सिवाकोटीको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया