×

चितवन । प्रेस संगठन नेपालको माघ ८ गते काठमाण्डौमा हुन लागेको दोस्रो राष्ट्रिय भेलाको तयारी बारे आज चितवनमा बृहत छलफल कार्यक्रमको आयोजना गरिएको छ ।
प्रेस संगठन नेपाल चितवनको समन्वयमा भरतपुरमा दिउसो १ वजे छलफल कार्यक्रमको आयोजना गरिएको प्रेस संगठन नेपालका केन्द्रीय सदस्य शिशिर सिंखडाले जानकारी दिए ।
दिउसो १ वजे स्याउली बजारमा रहेको ओदान रेष्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा प्रेस संगठन नेपाल चितवनका सबै सदस्यहरुको सहभागिता रहने बताइएको छ ।
कार्यक्रममा काठमान्डौमा हुने राष्ट्रिय भेलामा चितवनबाट उत्साहजनक सहभागिता कसरी जनाउने भन्ने विषयमा छलफल हुनेछ । साथै कार्यक्रममा मुलुक जोगाउन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको देशभक्तिपूर्ण निर्णयपछि संगठनले लिने रणनितीका बारेमा समेत छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया