×

काठमाडौं–नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही माघ १३ गते बस्ने भएको छ ।यसअघि माघ ६ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टीको देशव्यापी विरोध प्रदर्शनका कारण सो दिन अपराह्न १ बजे तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशन सम्बन्धमा छलफल हुने बताइएको छ ।

कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध बिहीबार ७५३ पालिकाका छ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । कांग्रेसले विघटनविरुद्ध यसअघि सबै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र तथा पालिकामा विरोध प्रदर्शन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया