
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ५ हजार ३०० नमुना परीक्षण गर्दा १७७ महिला र २५३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।
उनीहरुमध्ये २ लाख ५९ हजार ३५८ जना संक्रमणमुक्त भएका छन् भने १९३२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ४ हजार ४०८ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २२८० जनाको होम आइसोलेसनमा छन् भने १५७ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।