×

गैँडाकोट । नवलपरासी (पश्चिम) प्रहरीले आईतबार अवैध तस्करीमा संलग्न एक मोटरसाईकल सहित अन्दाजी २ लाख ३४ हजार ९ सय ५० मुल्य बराबरको अवैध मालसामान जिल्लाको बिभिन्न स्थानबाट बरामद गरेको छ ।
दिउँसो १ :३० बजे नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी १६ हजार मुल्य बराबरको २०० के.जी. सेतो मटर प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले सरावल गाउंपालिका वडा नं.७ बर्दघाटेपुल स्थितबाट बरामद गरेको डिएसपी राजु लामाले जानकारी दिए ।
त्यसैगरी दिउँसो २ बजे अवैध रुपमा भन्सार छली नेपालबाट भारत तर्फ लैजादै गरेको अन्दाजी ४४ हजार मुल्य बराबरको ५५० केजी हरियो मटर पनि प्रहरीले पक्राउ गरेको लामाले बताए ।
प्रहरीका अनुसार भारतबाट अवैध रुपमा भन्सार छली भारतीय मोटरसाईकलमा नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी १ लाख २४ हजार ९ सय ५० मुल्य बराबरको सोफासेटको थानकपडा, लेडिज सुट, साडी लगायतका मालसामान समेत सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।
उक्त मोटरसाईकलको अन्दाजी मुल्य ५० हजार बराबर रहेको छ । आईतबार बरामद एक मोटरसाईकल र सम्पुर्ण सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको नवलपरासी (पश्चिम) प्रहरीले जनाएको छ ।

तस्विरमा :तस्करीमा संल्गन माेटरसाईकल र बरामद गरिएकाे अवैध मालसमान 

तपाईको प्रतिक्रिया