गैँडाकोट । नेपाल कम्युनिष्ट पार्टि नेकपा (ओली समूह) नवलपुरको आयोजनामा आईतबार हुने जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाको तयारी पूरा भएको छ । जिल्ला सदरमुकाम कावासोतीमा विहान ११ वजेदेखि अगुवा कार्यकर्ता भेला सुरु हुने नेकपा नवलपुरका अध्यक्ष रोसन बहादुर गाहाले जानकारी दिनुभयो ।
भेला सितारा रिर्सोटमा चल्ने नेकपा नवलपुरले जनाएको छ । जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई नेकपाका प्रभावशाली नेता एवं उर्जामन्त्री टोप बहादुर रायमाझी, नेताहरु किरण गुरुङ, जगत विश्वकर्मा, तिलक बहादुर महत लगाएतले सम्बोधन गर्ने पार्टिले जनाएको छ ।
नेकपाबाट प्रचण्ड माधव समूह बाहिरिए पछि नवलपुरमा नेकपाका शिर्ष नेताहरु आउन लागेको यो पहिलोपटक हो । दुई समूह मध्ये नवलपुरमा नेकपा (ओली समूह) माधव प्रचण्ड समूह भन्दा बलियो रहेको बताइएको छ ।