×

गैँडाकोट । पूर्वी नवलपरासीको चोरमारा जंगलमा शनिवार (आज) दिउसो ट्रकको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जान आउदै गरेको ना २१ प ७५६५ नम्बरको मोटरसाईकललाई यूपी २२ एपी १०८७ नम्मरको भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा चालकको घटनास्थलमै ज्यान गएको हो ।

दिउसो साढे ३ वजे भएको दुर्घटनाका मृतक युवकको परिचय खुल्न सकेको छैन । मोटरसाईकल लाई ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा राखिएको छ ।

 

तपाईको प्रतिक्रिया