Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । घडेरी सम्याउने क्रममा झरेको ढुंगाले लागेर नवलपुरमा एक महिने शिशुको ज्यान गएको छ ।
हुप्सेकोट गाउँपालिका वडा नं. २ की २२ वर्षीया ज्योती परियारको एक महिनाको छोरा पहलसिंह परियारको घर माथि बाट आएको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
बुधवार राति ८ वजे लु १ क ४२२३ नम्बरको जेसीवीले गैडाखोला जमुनेबाँधमा रहेको सोभा परियारको घडेरी खन्ने क्रममा अचानक ढुंगा खस्न जाँदा सोहि घडेरीको ठीक तल रहेको शोभा परियार भत्कन पुगेको थियो ।
छोरालाई घरभित्र तेल लगाउँदै गरेको अवस्थामा माथिबाट आएको ढुंगाले लाग्दा शिशुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ढुंगाले लागेर शोभा परियार गम्भिर घाईते भएकी छिन । उनको भरतपुर अस्पतालमा उपचार भैरहेको छ । घटनाको सम्वन्धमा थप अनुसन्धान भैरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया