नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले ताजा जनादेशका जाने प्रधानमन्त्रीको निर्णय स्वागतयोग्य भएको बताउनु भएको छ । मुख्यमन्त्री गुरुङले निर्वाचनको मिति घोषणा भैसकेको वर्तमान अवस्थामा कुनै पनि नेताले दायाँवाया नगरि निर्वाचन तर्फ होमिनु पर्ने बताउनु भयो ।
पूर्वि नवलपरासीको कावासोती नगरपालिका वडा नं. ५ पाचँकठ्ठामा निर्मित मिलन घर गुुम्वाको पामे उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले गरेको निर्णयनै स्वीकार्य हुने धारणा राख्नुभयो । हाम्रो भगवान जनता हो मुख्यमन्त्री गुरुङले भन्नुभयो “अन्तिम फैसला गर्नको लागि जनतामा जानुको विकल्प छैन” ।
चुनावमा जाने प्रधानमन्त्री ओलीको निर्णय बाध्यात्मक परिस्थितिको उपज भएको भन्दै उहाँले चुुनावले व्यवस्था बलियो बनाउने जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीकै कारण देशको सिर ठाडो भएको भन्दै मुख्यमन्त्री गुरुङले राम्रो काम गर्नका लागि पार्टि भित्रैबाट अवरोध गरिएको दावी गर्नुभयो ।
प्रतिपक्ष दलले रचनात्मक सुझाव दिने गरेको तर आफ्नै दलकै नेताहरुले विधंम्सात्मक ढंगले प्रधानमन्त्री विरुद्ध लागि परेको उहाले गुनासो गर्नुभयो ।