
गैँडाकोट । नवलपुरको गैँडाकोटमा प्रचण्ड -माधव नेपाल समूहले राखेको गुटको भेला ओली पक्षिय कार्यकर्ताले विथोलेका छन । नेकपा गैँडाकोट नगर कमिटिले फेम्ली पार्टि प्यालेसमा आयोजना गरेको कार्यकता भेला ओली पक्षिय कार्यकर्ताले विथोलेका हुन । नगरकमिटिले आयोजना गरेको भनिएपनि कार्यक्रममा अधिंकास प्रचण्ड र माधवकुमार नेपाल पक्षिय नेता कार्यकर्ता मात्रै सहभागी गराइएको थियो ।
नेकपा नवलपुरका सचिव मित्रशरण शर्माले पार्टि केन्द्रीय कमिटि बैठकले गरेका निर्णयहरु रोष्टममा पुगेर सुनाउन लाग्दा वित्तिकै लफडा सुरु भएको हो । केन्द्रिय कमिटि बैठकले गरेका निर्णय भन्दै प्रचण्ड गुटको निर्णय सुनाउन थालेपछि कार्यक्रम विथोलिन पुग्यो । कार्यक्रममा ओली समुहका नेता तथा कार्यकर्ताले गुटको भेला बन्द गर, नेकपा जिन्दावाद भन्दै चर्का नारावाजी गरेका थिए । प्रमुख अतिथिका रुपमा रहेका माधव कुमार नेपाल गुटका नेता कृष्ण पौडेलले हतार हतारमा केहि भनाई राखेर कार्यक्रम सके ।
अध्यक्षता गरेका नेकपा गैँडाकोटका अध्यक्ष षडानन्द लामिछानेले भुलवस कमजोरी भएको प्रतिकृया दिए । नेकपा गैँडाकोटको आयोजना भनेर ब्यानर टाँगिएपनि कार्यक्रममा प्रचण्ड र माधव नेपाल समुहले आफ्ना युवाहरुलाई उतारेको थियो । कार्यक्रम स्थलमा पुगेका युवासंघका संयोजक कृष्ण कंडेलले पार्टिको आवरणमा गुटको भेला गरिएको भन्दै त्यसको प्रतिरोध गरिएको बताए ।