Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा आठ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।पाँच हजार दुई सय ४२ जनाको पीसीआर परीक्षण गर्दा आठ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४७ हजार ५९३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार तीन सय ५९ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या दुई लाख ३४ हजार दुई सय ३१ पुगेको छ । नेपालमा अहिले ११ हजार छ सय ७३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै गएको २४ घण्टामा १५ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार छ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया