Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

कावासोती । पुर्वी नवलपरासीको पुर्व पश्चिम सडक खण्डको चालीस किलोबाट लागुऔषध सहित २ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।

पुर्व पश्चिम राजमार्गको चालिसकिलोमा सवारी चेकजाँच गर्ने क्रममा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ४१ प २४७१ नंको मोटरसाइकलमा सवार गैंडाकोट ७ बस्ने रमेश बिक र भरतपुर ७ बस्ने बिकास बजागाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

पक्राउ परेकाहरुबाट फेनारगन ३० एम्पुल, डाइजापाम ३० एम्पुल, नुफृन ३० एम्पुल र १५ टयाबलेट नाईट्रोभेट १० बरामद गरिएको र उनिहरुलाई लागू औषध नियन्त्रण ऐन बमोजिम कार्वाही प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया