Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

नवलपरासी । नवलपरासी (पश्चिम) प्रहरीले अवैध तस्करीमा संलग्न एक बलेरो पिकअप गाडी सहित ११ लाख ४२ हजार ४ सय मूल्य बराबरको अवैध मालसामान शुक्रवार भारतिय सिमावर्ती क्षेत्रबाट बरामद गरेको छ ।

सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले बिहान अन्दाजी ११ः२० बजेको समयमा पाल्हिनन्दन गाउँपालिका वडा नं. २ भक्सिपुर स्थितमा लु १ ज ३२४३ नं.को बलेरो पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीमा अवैध रुपमा लैजादै गरेको १८ सय ४० के.जी. मकै र ९ सय ६० के.जी. हरियो केराउ फेला परेको प्रहरी नायव उपरिक्षक राजुु लामाले जानकारी दिए ।

सो बरामद मकै र केराउको मुल्य अन्दाजी २ लाख ४२ हजार ४ सय बराबर र बलेरो पिकअप गाडीको मुल्य अन्दाजी ९ लाख गरी जम्मा ११ लाख ४२ हजार ४ सय मुल्य बराबर रहेको उहाँले बताउनु भयो । बरामद सम्पुर्ण मालसामान, गाडी र गाडी चालक समेतलाई आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया