×

काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन अस्पतालहरुलाई निर्देशन दिएको छ। मन्त्रालयले असोज मसान्तसम्म ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ रकम निकासा भइसकेको र कात्तिक महिनाको भुक्तानीको क्रममा रहेको जानकारी दिँदै उक्त निर्देशन दिएको हो।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले आज शुक्रबार सूचना सार्वजनिक गर्दै कोरोना महामारीमा खटिने सबै कर्मचारीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन भन्नु भएको छ ।

सार्वजनिक सूचना अनुसार सचिवस्तरको निर्णयअनुसार भत्ता उपलब्ध गराउन भनिएको हो। सूचनामा भनिएको छ “नेपाल सरकारले स्वीकृत गरेको कोरोना भाईरसको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ बमोजिम जोखिममा रही कामकाग गर्ने सबै किसिमका जनशक्तिहरुका लागि मन्त्रालयबाट रकम निकासा भई वितरण समेत भईसकेको छ ।”

तपाईको प्रतिक्रिया