×

गैँडाकोट । रुपन्देहीबाट मलामी आएका एक पुरुष नारायणी नदीमा डुवेर बेपत्ता भएका छन ।बेपत्ता हुनेमा देवदह नगरपालिका वडा नं. ११ घर भएका ४० वर्षीय पिन्टु केवट रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(पूर्व)ले जनाएको छ ।

प्रहरी निरिक्षक सागर पन्तका अनुसार नवलपुरको विनयीत्रिवेणी गाउँपालिका वडा नं. ६ मा पर्ने शिवालयघाट स्थित नारायणी नदीमा नुहाउने क्रममा मंगलबार दिउसो ३ वजे अचानक पिन्टु केवट नदीमा डुवेका हुन ।

ईलाका प्रहरी कार्यालय त्रिवेणीबाट खटिएको प्रहरीको टोलीले वेपत्ता भएको उनको खोजीकार्य गरिरहेपनि हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन ।

तपाईको प्रतिक्रिया