
गैँडाकोट । कोरोना भाईरस (कोभिड १९ ) का कारण लामो समयदेखि बन्द रहेका पूर्वि नवलपरासीको गैँडाकोट नगरपालिका क्षेत्रभित्रका सवै विद्यालयहरु सञ्चालन हुने भएका छन् । नगर शिक्षा समितिको मंगलबार बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्दै विद्यालयहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
गैँडाकोट नगरपालिका शिक्षा शाखाका शाखा अधिकृत मोतीप्रसाद रिजालले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाचा २०७७ को दफा ३.४ मा उल्लेखित उपयुक्त एक वा एकभन्दा बढी विकल्पहरुको आधारमा रही सोहि कार्यढाँचाको दफा ४ र ५ को पूर्णपालना गरी यथाशिघ्र शिक्षण सिकाई क्रियाकलाप संचालन गर्न आग्रह गरिएको जानकारी दिनुभयो ।
नगर शिक्षा समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि कक्षा १ भन्दा तलका कक्षाहरु संचालन गर्दा भौतिक रुपमा विद्यालयमा उपस्थित हुने गरी पठनपाठन गराउन रोक लगाएको छ । संस्थागत तथा सामुदायिक विद्यालयहरुले विद्यालय तथा शिक्षक विद्यार्थीहरुको अवस्था अनुसार एक वा सो भन्दा बढि सिफ्टमा पठनपाठन सञ्चालन गर्न सक्नेछन ।
शाखा अधिकृत रिजालका अनुसार अर्को निर्णय नभएसम्मका लागि कुनैपनि विद्यालयहरुले विद्यार्थीहरु ओसारपसार गर्नका लागि विद्यालयको सवारी साधन सञ्चालन गर्न पाउने छैनन ।नगरपालिका क्षेत्र बाहिरका पालिकाहरुलाई पनि गैडाकोट क्षेत्रभित्र विद्यार्थी ओसारपसार गर्ने सवारीसाधन नचलाउन अनुरोध गर्ने निर्णय भएको छ ।
हेर्नुहोस नगरशिक्षा समितिले गरेको निर्णयः