Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

हेटौँडा। बागमती प्रदेशका भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दाबा दोर्जे लामालाई हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ। कोरोना संक्रमण भएका लामालाई थप उपचारका थप उपचारका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा लगाएको मन्त्रीको निजी सचिवालयले जनाएको छ।

आफ्नै सरकारि निवासमा आराम गरिरहेका उनलाई असहज महसुस भएपछि मंगलबार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगिएको हो। मन्त्री लामालाई मंसिर ५ गते हेटौँडा ‌(१० मा रहेको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया