Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । पूर्वि नवलपरासीमा मंगलबार विहान विधुत्त अवरुद्ध हुने भएको छ । जिल्लाको प्रगतीनगर सवस्टेशन अन्र्तगत १३२ के भी ट्रान्सर्फमरमा तेल चुहिने समस्या आएको साथै आयल लेभल ईन्डिकेटर जडान गर्नुपर्ने भएकोले विधुत्त अवरुद्ध हुने भएको हो ।

विहान ८ वजे देखि ११ वजेसम्म विधुत्त अवरुद्ध हुने नेपाल विद्युत्त प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार वितरण केन्द्र अन्तर्गत गर्ने गैँडाकोट, देवचुली, कावासोती , मध्यविन्दु नगरपालिका साथै हुप्सेकोट गाउँपालिकामा विधुत्त अवरुद्ध हुने छ । काम सम्पन्न भएमा तोकिएको समय अगावै विद्युत्त आउने केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया