Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । पुर्वी नवलपरासीको रजहरमा रहेको अस्थायी कोरोना अस्पताल प्राकृतिक चिकित्सालय रजहरको आईसोलेसनमा रहेका १५ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छ्न ।

संक्रमण मुक्त हुनेहरुमा कावासोती नगरपालिकाका ३ पुरुष र ३ महिला सहित ६ जना, गैंडाकोट नगरपालिकाका २ जना पुरुष , हुप्सेकोट गाँउपालिकाका १ जना पुरुष , बुलिङ्गटार गाँउपालिकाका १ जना पुरुष , भरतपुर महानगरपालिका वडा नं २ का १ पुरुष र १ महिला सहित २ जना, गाहाघाट बाग्लुङका १ जना पुरुष , रेसुङ्गा गुल्मिका १ जना पुरुष र तनहुँ पाल्पाका १ जना पुरुष रहेका अस्पताल का निर्देशक डाक्टर विनोद पौडेलले  बताए । उनीहरुको गत ६ गते स्वाब संकलन गरि परिक्षणका लागि पोखरा पठाईएको थियो ।

त्यसतै १४ दिन आईसोलेसनमा रहेर पनि पोजिटिभ रिपोर्ट आएका दुई जनालाई होम आईसोलेसनमा बस्ने गरि घर पठाईएको डाक्टर पौडेलले बताए ।संक्रम्ण मुक्त भएकाहरुलाई आजनै डिस्चार्ज गरेर घर पठाईएको अस्पतालले जनाएको छ ।यो सँगै प्राकृतिक चिकित्सालय बाट कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ सय ४९ पुगेको र अस्पतालको आईसोलेसनमा शनिबार साँझसम्म ७ जना संक्रमित रहेको डाक्टर पौडेलले बताए ।

 

तपाईको प्रतिक्रिया