Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । पूर्वि नवलपरासीको कावासोतीमा भैसी गोठमा म्यारिज खेल्दै गरेका ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
कावासोती नगरपालिका वडा नं. ११ लौगाई स्थित मनी काफ्लेले संचालन माछा पोखरी भित्रको भैसी गोठमा जुवातास खेहिरहेका ५ जना जुवाडे प्रहरीको कब्जामा परेका हुन ।
उनिहरुको साथबाट ४० हजार ९ सय ९५ नगद सहित ३ बुक तास र एउटा गलैचा बरामद भएको प्रहरी निरिक्षक सागर पन्तले जानकारी दिए ।
बुधवार दिउसो पक्राउ परेका उनिहरु सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पक्राउ पर्नेमा देवचुली नगरपालिका वडा नं. ११ का भिब बहादुर बराम ,बर्ष ३७ का श्याम ठकुरी, बर्ष ३५का मोहन सुवेदी,बर्ष ३५ कै गजेन्द्र राना  र बर्ष ४६ का पूर्ण बहादुर श्रेष्ठ रहेका छन ।
उनिहरु सबैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ सार्वजनिक हित,स्वास्थ्य,सुरक्षा,सुबिधा र नैतिकता बिरुद्दको कसुर  अन्तर्गत  जुवा कसुरमा अनुसन्धान भैरहेको छ ।

तपाईको प्रतिक्रिया