Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । पूर्वि नवलपरासीको कावासोतीबाट म्यारिज खेलीरहेका ५ जुवाडे पक्राउ परेका छन । कावासोती नगरपालिका वडा नं. ५ स्थित नारायण कुमालको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीले जनाएको छ ।
सोमबार साँझ प्रहरी कार्यालयबाट खटिएको टोलीले ८० हजार ४२० रुपैँया नगद सहित ५ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा कावासोती नगरपालिका वडा नं. ४ बस्ने वर्ष ३७ का गणेश पोख्रेल, वर्ष २० का मिन बहादुर कानु मगर वर्ष ३९ का शिव प्रसाद महत्तो रहेका छन ।
त्यसैगरी वडा नं. ५ घर भएका वर्ष ४० का शुक बहादुर कुमाल र वर्ष ३३ का राम बहादुर कुमाल पनि जुवाको खालबाटै पक्राउ परेका छन । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनिहरुमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरी निरिक्षक सागर पन्तले जानकारी दिए ।

तपाईको प्रतिक्रिया