Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटबाट हराएका एकैघरका दाजुभाईको शव जयश्री खोलाको बाँधमा भेटिएको छ । गैँडाकोट नगरपालिका वडा नं. ३ मा रहेको बाँधमा दाजुभाईको शव भेटिएको हो ।
घटनास्थल पुगेका उज्यालो सहकर्मी गोविन्द घिमिरेका अनुसार गैँडाकोट नगरपालिका वडा नं. २ एसपीएम टोलका वर्ष २६ का विजयबाबु पौडेल र वर्ष २१ का संगम पौडेलको शव खोलाको बाँधमा भेटिएको छ ।  बुवा गोपाल पौडेलले दुई छोराहरुको शव भएको पुष्टि गरे ।
दुवै दाजुभाईले लगाएको बाहिरि कपडा र चप्पल बाधँको किनारमा सुरक्षित छ । पानीमा तैरिएको अवस्थामा  दाजु विजय  र पानीमा डुवेको अवस्थामा भाई संगमको शव फेला परेको छ । पौडी खेल्न नजानेका दाजुभाई एउटा डुवेपछि अर्कोलाई बचाउने प्रयास गर्दा घटना घटेको अनुुमान गर्न सकिन्छ । गैँडाकोट नगरपालिका वडा नं. ४ र १ मा सीचाईको लागि सो स्थानबाट बाधँ बाधेर पानी ल्याउने गरिएको छ ।

ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक चन्द्रबहादुर थापाले रातको समय भएकोले भोली मात्रै पानीबाट शव निकालेर पोष्टमार्टम गरिने छ । प्रहरी र स्थानीय युवाहरुले रातभर शव कुरेर बसेका छन ।

 

तपाईको प्रतिक्रिया